कानूनी सर्वोच्चतामा जोड – डा महत

कात्तिक १०, पर्सा। नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कानूनको सर्वोच्चता र लगानी सुरक्षित हुने वातावरण भए मात्र विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले मुलुकमा कानूनी शासनको अनुभूति हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले आ–आफनो क्षेत्र अधिकारभित्र रहेर कार्य गरे मात्र सङ्घीयता सफल र संविधान कार्यान्वयन हुने धारणा व्यक्त गर्नुभयो ।

सह–महामन्त्री डा महतले मधेसी जनताको भावनालाई क्षेत्रीय दलहरुले (मधेस केन्द्रित पार्टी) सत्ता सुखसँग साटेको आरोप लगाउनुभयो । मधेसी जनताको अधिकारको नाममा आन्दोलन गर्ने मधेसीको मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न नचाहने दलसँग सत्ता साझेदार गरी मधेशीको भावनासँग खेलवाड गरेको उहाँले आरोप लगाउनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.