अमेरिकन ब्रान्ड ‘फाइभ इलाभेन’को नयाँ शोरुम दरबारमार्गस्थित शेर्पा मलमा

कात्तिक ९, काठमाडौं । विश्व प्रसिद्ध अमेरिकन ब्रान्ड ‘फाइभ इलाभेन’को नयाँ शोरुम दरबारमार्गस्थित शेर्पा मलमा खुलेको छ । मलको ग्राउन्ड फ्लोरमा फाइभ इलाभेनको आधिकारिक शोरुम सञ्चालनमा आएको हो ।

शोरुममा अमेरिकी सेना, फेडेरल प्रहरी, हलिउडका कलाकार लगायतबीच लोकप्रिय ‘फाइभ इलाभेन’ ब्रान्डको नेपालमा आधिकारिक विक्रेता आजु ब्रान्ड प्रालि हो । आजु ब्रान्डले यसअघि नेपालमा ‘एडिडास’, ‘रिबुक’, ‘लिभाइज’ र ‘अन्डर आर्मर’ ब्रान्ड भित्र्याइसकेको छ । बिहीबार खुलेको ‘फाइभ इलाभेन’ शोरुममा ‘फाइभ प्वाइन्ट इलाभेन’का पाइन्ट, ज्याकेट, ब्याग, जुत्ता, मोजा, टिसर्ट, बेल्ट, घडी, ब्यागेज ब्यागलगायत दर्जनौं उत्पादन उपलब्ध छन् ।

नेपालमा यसकोे लक्षित ग्राहक नेपाली सेना, नेपाल प्रहरी, सुरक्षागार्ड, शान्ति सेनामा जाने सेना प्रहरीका साथै ट्रेकिङ, जंगल सफारी, दूतावासका कर्मचारी र खेलकुदका लागि पनि यो ब्रान्ड आकर्षित रहेको आजुले जनाएको छ । आजुका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरका अनुसार अमेरिकामा निर्मित यो ब्राण्ड उच्च गुणस्तर भएकाले पनि महँगो जस्तो देखिए पनि भविष्यमा यसको मूल्यमा कमी आउन सक्ने छ ।

सन् २००३ मा क्यालिफोर्नियामा स्थापित यस कम्पनीको सार्कमा नेपालको पहिलो शोरुम हो । विश्वभर चर्चित ब्रान्डका रुपमा स्थापित यस ब्रान्डको जावलाखेलमा पनि शोरुम खोल्ने कुरा तुलाधरले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.