श्रम कार्यालयका २५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कात्तिक ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीसहित २७ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजात बनाई श्रम स्वीकृति प्रदान गर्ने वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय तहाचलका २५ जना कर्मचारी र २ जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो । बिना भिसा श्रम स्वीकृति (स्टिकर) प्रदान गरे गराएको कसुरमा ती कर्मचारीविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो। कुवेत जान चाहने १ सय ८४ महिलालाई २५ अगष्ट २०१७ देखि २५ अक्टोवर २०१७ सम्मको अवधिमा नक्कली कागजातका आधारमा स्वीकृति दिने ती कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो ।

मुद्धा दायर गरिएकामा वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय¸ ताहाचल¸ काठमाडौंमा कार्यरत शाखा अधिकृत हरिप्रसाद देवकोटा¸ शाखा अधिकृत दीपककुमार आचार्य, गणेश विक्रम शाह, दिनेश कुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओली, नायव सुव्बा ९नासु० अमरराज जोशी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भूषाल, नगेन्द्रप्रसाद गौतम, रविन्द्र घिमिरे, रघुनाथ के।सी, योगेन्द्र खत्री, केशवराज ढुंगाना र कम्प्युटर अपरेटर अमर महरा, चक्रबहादुर पराजुली, डम्वर बहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाही छन् ।

‘ती कर्मचारीले व्यक्तिगत स्वार्थ र अनुचित लाभका लागि वदनियतसाथ गलत मनसायले गलत विवरण उल्लेख गरी श्रम स्वीकृति लिइ जाने श्रमिकको गन्तव्य मुलुकलाई भिसा लगायतका गलत कागजातहरुले अनिश्चित बनाउँदै वदनियतसाथ वैदेशिक रोजगार ऐन, २०६४ विपरित भिसामा उल्लेख पेशा समेत फरक पारी, निजहरुलाई असुरक्षाको जोखिममा र्पुयाइ शारीरिक तथा मानसिक यातना लगायत आर्थिक नोक्सानी पुग्ने गरी गलत तथा भिसा नभएका अर्थात भिसा बहाल अवधि समाप्त भएको एवं रद्द भैसकेका भिसाहरुमा श्रम स्वीकृति प्रदान गरी राज्यको आधिकारिक निकायमा समेत गलत लगत खडा गरी गराई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएको’ आरोपत्रमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.