पोखरा प्रिमियर लिगमा घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात

कात्तिक ९, काठमाडौं । पोखराको घरेलु टोली पोखरा पल्टनले पोखरा नमस्ते प्रिमियर लिग(पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

शुक्रबार कास्कीको सुन्दर सहर पोखरा स्थित पोखरा रंगशालामा सुरु भएको देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पोखराले विराटनगरलाई ५८ रनले पराजित गरेको हो।

विराटनगरले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको पोखरा १ सय ३७ रनमा समेटिएको थियो। विराटनगरका कुनैपनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा घरेलु टोलीले दुई अंक जोड्यो।

विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३० र ३० रन बाहेक अन्यको प्रदर्शन सम्झन लायक गर्न सकेनन । यस्तै उसका आन्डु सुबिकसनले १४ रन जोडेका थिए ।

पोखराका ललितनारायण राजबंशीले २ तथा मेहबुब आलाम, कृष्ण कार्की, शरद भेषावकर, विक्रम भुषाल र रासिद खानले समान १ र १ विकेट प्राप्त गरेका थिए ।

त्यसअघि पोखराका बिस्फोट ब्याट्सम्यान विनोद भण्डारीले निकै बिस्फोटक ब्याटिङ गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा १ सय ३७ रन जोडेको थियो । विनोदले ११ बलमा नटआउट ४१ रनको बिस्फोटक पारी खेल्दै पोखरालाई बलियो स्थितिमा पुर्याएका थिए।

यस्तै पोखराका लागि आसिफ सेखले ५२ रनको अर्धशतकीय पारीमा ५४ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे। उनले टोलीका भारतीय खेलाडी रवीन्दर सिंहसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गर्दै आफ्नो टोलिलाई दुबै ब्याट्सम्यानले बलियो स्थितिमा पुर्याएका थिए।

सिंहले ४४ रन जोडे भने ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रन जोडे। विराटनगरका सन्दीप लामिछानेले २ तथा सहाब आलामले एक विकेट लिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.