मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

कात्तिक ९, मोरङ । उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । को३५प ९७७३ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका चालक २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गौतमको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.