कात्तिक ९, काठमाडौं । काठमाडौंको धापासीमा ठूलो परिमाणमा पटाकासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी बृत्त महाराजगंजको टोलीले टोखा नगरपालिका–६ धापासीबाट भारत मोतिहारीका २२ वर्षीय रामभरोसाकुमार शाहलाई पक्राउ गरेको हो । उनको साथबाट ठूलो पटका ३ हजार वटा, सानो रकेट पटका २ थान र चक्र पटका २ थान बरामद भएको छ । प्रतिबन्धीत पटाका तिहारको समयमा भारतबाट उपत्यका भित्रिने गर्दछ ।

