कात्तिक ९, दाङ । दाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । घोराही उप–महानगरपालिका–३ भैसिकुरस्थित शरद थापाको घरबाट उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १ लाख २३ हजार रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रमप्रसाद घर्तीमगरले जानकारी दिए । पक्राउ पर्नेहरुको नाम प्रहरीले खुलाएको छैन ।

