दीक्षान्त समारोहका लागि फारम भर्ने समयावधि पुनः थप

कात्तिक ९, काठमाडौँ । त्रिविले ४४ औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ । त्रिविले अनलाइनको फारमा भर्ने अवधि २०७५ कात्तिक ७ गतेसम्म तोकिको थियो ।

विजयदशमीको लामो बिदाका कारणले गर्दा उक्त अवधि पुनः थप गरिएको त्रिविले जनाएको छ । त्रिविले दशैँ बिदालाई दृष्टिगत गर्दै २०७५ कात्तिक १५ गतेसम्म कायम हुने गरी समय थप गरिएको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.