खेलकुदमन्त्री र सांसदलाई कालो झन्डा प्रर्दशन

कात्तिक ९, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलको भकारीमूल क्षेत्र र चाँगुनारायण नगरपालिका–९ तेडोल र डाँडापाटीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणविरुद्ध त्यहाँका स्थानीयले प्रदर्शन गरेका छन् ।

जनतालाई थाहै नदिई युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा, भक्तपुर–२ का सांसद महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका संयोजक लगायतको टोलीले सूर्यविनायकको भकारीमूलको स्थलगत निरीक्षण गर्न आएपछि रंगशालाविरुद्ध अरनिको राजमार्गको बाँसघारीदेखि मिलनचोक सम्म त्यहाँका स्थानीय बासिन्दाले कालो झन्डा देखाउँदै प्रदर्शन गरेका हुन् । भक्तपुरको साबिकको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झन्डै ३८ हजार ३ सय ५५ रोपनी जग्गा एकीकरण आवास योजनाको नाम दिएर अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने विषयले आतंकित जनताले स्थलगत निरीक्षणमा आएका टोलीको विरोध गरेका हुन् ।

हातमा ब्यानर, प्लेकार्डसहित राजमार्ग छेउमा उभिएर विरोध गरिरहेका पीडित जनताहरूको लस्कर देखेपछि मन्त्रीदेखि सांसद र स्थानीय नेतासम्म गाडीबाट बाहिर आउन सकेनन् । गाडीबाट बाहिरै आउन नसकेका तिनीहरू सामु पीडित जनताले ‘रंगशाला चाहिँदैन, बस्ती उठाउन पाइँदैन’ भन्दै नाराबाजी गरेपछि उनीहरू फर्किएका थिए । उनीहरू फर्के लगत्तै प्रदर्शनकारीहरूले विरोध जुलुस निकालेका थिए ।
–राजधानीबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.