पीपीएल टी–२० आजबाट सुरुः पोखरा पल्टन र विराटनगर टाइटन भिड्दै

कात्तिक ९, काठमाडौं । पोखरा प्रिमियर लिग पीपीएल टी–२० क्रिकेट शुक्रबारदेखि सुरु भएको छ । प्रउद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्दै छ।

उद्घाटन खेलमा विराटनगर टाइटन्से टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। उपाधि घरमै राख्ने लक्ष्य लिएको पोखरा पल्टनको कप्तानी शरद भेषवाकरले गर्दैछन् । त्यसैगरी विराटनगर टाइटनको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् । शरद राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन् भने सन्दीप कम उमेरमै सबैभन्दा ब्यवसायिक नेपाली खेलाडी बनेका छन् । प्रतियोगितालाई आइसीसीले मान्यता दिएकाले अन्तर्राष्ट्रिय कभरेज पनि हुनेछ ।

प्रतियोगितामा पोखरा, विराटनगर, चितवन राइनोज, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको विजेताले २७ लाख हात पार्नेछ। उपविजेताले १० लाख जित्नेछ । खेलको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.