२५ हजार यौनजन्य सामग्री उत्पादन गर्ने वेवसाइट बन्द

कात्तिक ८, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २५ हजार यौनजन्य सामग्री उत्पादन र प्रशारण गर्ने बेवसाइट बन्द गरेका छन्।

प्राधिकरणले हजारौँ वेवसाइट बन्द गरेसँगै गुगलमा सर्वसाधारणले सर्च गरेको भरमा यौनजन्य सामग्री उत्पादन गर्ने बेवसाइडहरु नभेटिने प्रधिकरणका सूचना अधिकारी तथा वरिष्ठ निर्देशक पुरुषोत्तम खनाले जानकारी दिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज ५ गते प्राधिकरणलाई यस्ता बेवसाइटलाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसै अनुरुप प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीसँग अनुरोध गरेर बेवसाइट बन्द गरेको खनालले बताए।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.