इराकका नयाँ प्रधानमन्त्रीद्वारा शपथ ग्रहण

कात्तिक ८, बग्दाद । इराकको नयाँ प्रधानमन्त्रीकारुपमा अदेल अब्दुल माहदीले बुधबार शपथग्रहण गरेका छन् ।

इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले शपथ गरेका हुन् । संसदले २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाएका थिए ।

बुधबार संसदले अनुमोदन गरेका प्रधानमन्त्री माहदी र १४ जना मन्त्रीले शपथ लिएका हुन् । संसदको अधिवेशनले प्रधानमन्त्री माहदीले अघि सारेको सरकारको कार्यक्रम पनि व्यापक छलफलपश्चात् पारित गरेको छ । संसदमा उपस्थित २२० जना सांसदले मन्त्रीहरुको नामलाई अनुमोदन गरेका थिए । रासस÷सिन्ह्वा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.