जिल्ला अस्पतालमा टेलिफोन सेवाकाे अभाव

कात्तिक ८, रोल्पा । जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् ।

जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध हुँदै आए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहुँचमा पुग्नसकेको छैन । ुकार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता छ,ु जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा सुशील आचार्यले भने । टेलिफोन असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्, डा आचार्यले बताए।

‘अस्पतालको डेलिभरी कक्षमा सिडिएमए टेलिफोनबाट काम चलाएका छौं,’ रोल्पा जिल्ला अस्पतालका स्टाप नर्स शर्मिला आचार्यले भने।अस्पतालजस्तो क्षेत्रमा प्रभावकारी टेलिफोन सेवा नपुग्नु दुःखद् कुरा हो नागरिक अगुवा तीर्था आचार्यले भन्नुभयो । बिरामीको अवस्था बुझ्न तथा अस्पतालमा स्वास्थ्य परामर्शका लागि चौबीसै घण्टा टेलिफोन सेवा उपलब्ध हुनुपर्नेमा सामान्य फोन गर्न समेत सास्ती भोग्नु सामान्य कुरा होइन । सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका एक कर्मचारीले बताए। –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.