चक्कु प्रहारबाट १८ वर्षीय युवक घाइते

कात्तिक ८, कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाँउपालिका–२ खल्लाका १८ वर्षीय वीरेन्द्र राना पेटमा चक्कु प्रहारबाट घाइते भएका छन ।

आपसी विवादमा १९ वर्षीय कालु राना भनिने दिनेश रानाले गए राति वीरेन्द्रको पेटमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने कालुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.