काङ्ग्रेसको चियापान कात्तिक १६ मा हुने

कात्तिक ७, काठमाडौँ । नेपाली काँङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठ लगायतका पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम यही कात्तिक १६ गते गर्ने भएको छ ।

कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन (आज) केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेस नेता एवं पूर्व केन्द्रीय सदस्य चक्रप्रसाद बाँस्तोलाको गत असोज २७ गते राति भएको निधनका कारण कार्यक्रम सारिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.