प्रदेशमन्त्री स्थापितमाथि यौन हिंसाको आरोप

काठमाडौं । भारतका चलेको मी टू अभियान नेपालमा पनि प्रवेश गरेको छ । नेपालमा पनि प्रदेशमन्त्रीलाई यौन हिंसाको आरोप लागेको छ। प्रदेश नम्बर ३ का भौतिक योजना तथा निर्माण मन्त्री तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितमाथि यौनहिंसाको आरोप लागेको छ। एक जना पत्रकारले स्थापितले यौन दुव्र्यबहार गरेको खुलाएकी छन् ।

करिब १५ वर्ष पहिला स्थापित मेयर हुँदा उनले आफुमाथि यौनहिंसा गरेको ती महिलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी छन् । पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमा त्यति बेलाको घटना शेयर गरेकी छन् । रश्मीलाले मन्त्री स्थापितले अँझै पनि महिलामाथि यौनहिंसा गरिरहेको आरोप लगाएकी छन् ।

उनले यौन प्रस्ताव अस्वीकार गर्दा जागरि गुमाउनु परेको आरोप लगाएकी छन् । प्रदेशका मन्त्री स्थापितले भने आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । उनले नेपालपार्टीसँग भने ‘अहिले म व्यस्त रहेकाले धेरै बोल्न सकिन मेरो चरित्र हत्या गर्न खोजिएको छ । त्यसको कारण छ पछि कुरा गरौला । ’ भारतमा मी टू अभियानका कारण मन्त्रीले समेत राजीनामा दिनु परेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.