कात्तिक ६, स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ।
मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो। केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहेकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो।
स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन्। स्व अर्यालको आज रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

