कात्तिक ५, काठमाडौं । काठमाडौंको मुलपानीमा जारी ईन्डो नेपाल टि–२० क्रिकेट प्रतियोगितामा ६ विकेट भारतले नेपाललाई पराजित गरेको छ ।
दोस्रो खेलमा नेपालले भारतलाई १११ रनको समान्य लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ गरेको नेपाली टोलिले १८।३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११० रन जोड्न सकेको हो । ब्याटिङ तर्फ पहिलो खेलका म्यान अफ द म्याच घोषणा भएका शेर मल्लले सर्वाधिक २४ रनको योगदान दिनु बाहेक अरुले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेनन ।
प्रतियोगिता नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालि र महाकाली स्पोर्ट्स सोसाईटीको सहयोगमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको माथिल्लो क्रिकेट मैदानमा हिजो (कार्तिक ४) बाट सुरु भएको हो भने अगामी कार्तिक ८ गते समापन हुने जनाईएको छ । पहिलो खेलमा नेपालले भारतलाई २६ रनले पराजित गरेपनी दोस्रो खेलमा भने समान्य प्रदर्शन गरेको हो ।नेपालले दिएको १११ रनको लक्ष्य पछ्याउँदै भारतले जवाफी ब्याटिङमा भारतले १८।३ बल मा ५ विकेट गुमाएर लक्ष्य भेटायो र अन्तत भारतले खेल ५ विकेटले जितेको हो ।

