भारतीय संगीतकार अनु मलिकले इन्डियन आईडलको ‘जज’बाट दिए राजीनामा

कार्तिक ५, काठमाडाैं । भारतीय संगीतकार एवं गायक अनु मलिक पनि सामाजिक सञ्जालको अभियान ‘मि–टु’ को शिकार भएका छन ।
यौन दुर्ब्यवहार गरेको विषय ‘मि–टु’ मार्फत सार्वजनिक भएपछि मलिकले लोकप्रिय कार्यक्रम इन्डियन आईडलको ‘जज’बाट राजिनामा दिएका हुन ।

मलिकविरुद्ध सोना महापत्रा र स्वेता पण्डितले यौन दुर्ब्यवहार गरेको आरोप लगाएका थिए । कार्यक्रम सञ्चालन गर्ने च्यानल सोनीले मलिक इन्डियन आईडलको ‘जज’बाट राजिनामा दिएकाे जनाएको छ । यसअघि, यौन दुर्ब्यवहारको आरोप लागेपछि भारतका केन्द्रीय मन्त्री एमके अकबरले राजीनामा दिएका थिए । त्यस्तै, कैयौं कलाकार, पत्रकार, लेखक र राजनीतिक नेतृत्वलाई ‘मि–टु’मार्फत यौन दुर्ब्यवहारको आरोप लगाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.