संकटमा क्रिस्टीयानो रोनाल्डो

कार्तिक ५, काठमाडाैं । कुनै बेलाका होनहार र जादुयी स्ट्राइकर भनेर चिनिने पोर्चुगिज खेलाडी क्रिस्टीयानो रोनाल्डो पछिल्लो समय निकै संकटमा छन । रियल मड्रिड छोडेर युभेन्टस प्रवेश गरेसँगै प्रशंसकबाट पनि खासै नरुचाइएका रोनाल्डो विश्वकप यता विभिन्न विवादमा फसेका छन । अमेरिकी युवतीलाई बलात्कार गरेको आरोप खेपेका रोनाल्डो पछिल्लो समय यही कारणले आफ्नो स्टार्डम र आफ्ना शुभचिन्तक गुमाउँदै गएका छन ।

३३ वर्षीय रोनाल्डोलाई ३४ वर्षीया अमेरिकी महिला क्याथरिन मायोर्गाले यौन दुर्व्यवहारको आरोप लगाएकी थीन्। लस भेगासको होटलमा सन २००९ मा भएको भनिएको घटना रोनाल्डोले अस्वीकार गरेका थिए। बलात्कार गरेको आरोप लगाएपछि पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन गरेको छ । राष्ट्रिय टिमले उनलाइ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको हो ।उनकाे साखमा गिरावट आउन थालेपछि र उनीमाथि लागेका बलात्कारका आरोपहरूबारे उनका ठूल्ठूला व्यापारिक प्रायोजक कम्पनीहरूले चिन्ता व्यक्त गरेका छन्।

खेलकूद सामग्री निर्माता कम्पनी नाइकले रोनाल्डोमाथि लागेका आरोप चिन्ताजनक भएको बताएको छ।अमेरिकी कम्पनी नाइकको रोनाल्डोसँग करिब एक अर्ब डलर बराबरको प्रायोजन सम्झौता छ। समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार नाइकले यी आरोपबाट उत्पन्न स्थितिको नजिकबाट अनुगमन गरिरहने बताएको छ।रोनाल्डोका अर्का प्रायोजक इए स्पोर्ट्सले पनि उस्तै टिप्पणी गरेको छ।तर रोनाल्डोले भने आफूमाथि लगाएको सबै बलात्कारको आरोप झुटो भएको बताउँदै अाएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.