चक्रपथमा ‘मोनोरेल’ हैन ‘विद्युतीय बस’ उपयोगी हुने

कार्तिक ५, काठमाडौं । चक्रपथ (रिङ रोड)मा विद्युतीय सवारी साधन चलाउन सरकारले अध्ययन सुरु गरेको छ। बढ्दो प्रदूषण घटाउन नगर विकास कोषले चध्रपथमा ठूला विद्युतीय सवारी साधन चलाउन अध्ययन सुरु गरेको हो।

‘ग्रीन कल्लाइमेट फन्ड’ बाट लगानी जुटाएर सिङ रोडको आठ लेनमा विद्युतीय सवारी साधन चलाउने तयारीस्वरूप अध्ययन सुरु गरेको कोषका कार्यक्रम प्रमुख सुमनमेहर श्रेष्ठले जानकारी दिए। ‘पहिलो चरणमा नमुनाका रूपमा चक्रपथमा अध्ययन गर्दैछौँ’, उनले भने, ‘त्यसपछि देशका अनय सहरमा पनि लागू गर्नेछौँ।’

मेट्रो ट्रेन, मोनो रेलभन्दा निकै सस्तो र न्युन जोखिम भएको भन्दै उनले तीन वर्षभित्र पूरै शहरमा विद्युतीय सवारी साधन चलाउन सकिने श्रेष्ठको दाबी रहेकाे छ।

‘मेट्रो रेल बनाउँदा संरचना भत्काउनुपर्छ। क्षतिपूर्ति दिनुपर्छ । अन्डर ग्राउन्ड पूर्वाधार बनाउनुपर्छ,’ उनले भने, ‘तर यो निकै सस्तो छ र चाँडै सम्पन्न पनि हुन्छ।’ भारतको अहमदावाद, कोलम्बिषको बगौटा, इन्डोनेसियालगयत विभिन्न मुलुकमा विद्युतीय सवारी साधन सफल भएको उनको दाबी छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.