कार्तिक ५, काठमाडाैँ। ताइवानमा भएको रेल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।
ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी १ सय ७० जना घाइते भएको ताइवान रेल प्रशासनले पुष्टि गरेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ । रेलका पाँच वटा डब्वा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका छन ।
उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा जमिनमा लडेकोे छ । रेलमा ३ सय १० जना यात्रारत रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो ।

