ट्राफिक नियम उल्लङ्घनबाट तीन लाख राजश्व

कात्तिक ४, विराटनगर । प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ ।

प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका अनुसार तीनदिनमा यस क्षेत्रमा दुई हजार सवारी साधनलाई मादक पदार्थ सेवन एवम् ट्राफिक नियम उल्लङ्घन गरी सवारी सञ्चालन गरेकामा कारवाही गरिएको जनाइएको छ। चाडपर्वका अवसरमा मापसे गरी सवारी साधन सञ्चालन गर्ने क्रम वृद्धि भई दुर्घटना हुने भएकाले सोको नियन्त्रणका लागि विभिन्न राजमार्ग तथा सहायक राजमार्ग क्षेत्रमा आकस्मिक जाँचलाई तीव्रता दिइएको ट्राफिक कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

कारवाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरु रहेको बताइएको छ । प्रदेश नं १ मा दैनिक ट्राफिक नियम उल्लङ्घन र मापसे गरी सवारी साधन सञ्चालन गर्नेहरु दैनिक करीब ५०० छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.