बार्सिलोनाद्वारा सेभिल्ला पराजित

कात्तिक ४, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । सेभिल्लालाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जित निकालेको हो । जितका लागि कोटिन्हो, मेसी, स्वारेज र राकिटिचले गोल गरेका थिए ।

खेलको २ मिनेटमा कोटिन्होले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १२ औं मिनेटमा मेसीले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० ले अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफमा अन्य दुई गोल गर्न सफल भयो । चोटका कारण मेसीले मैदान छोडेपनि बार्सिलोनाले सम्हालिँदै जित निकाल्यो ।

दोश्रो हाफको ६२ औं मिनेटमा सेभिल्लाको डिबक्समा फल भएपछि पेनाल्टी पाउँदै बार्सिलोनाले अग्रतालाई थप बढाएको थियो । तर, खेलको अतिरिक्त समयमा सेभिल्लाले एक गोल गरेपनि जितका लागि भने काफी हुन सकेन भने एक गोल बार्सिलोनाका लिङ्गलेटको टाउकोमा छोएर गोल भएको थियो । १ गोल उपहार पाएपनि सेभिल्ला बार्सिलोनासँग ४-२ ले पराजित हुन पुज्ञ्ो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.