कार्तिक ३, काभ्रे । रोशी गाउपालिका वार्ड ३ भण्डारेमा दुध दुहुने क्रममा भैसिले लात्तीले हानेर एक महिला मृत्यु भएको छ ।
भैसिको लात्तिबाट वेहोस भएकि ५७ वर्षीय कान्छिमाया मगर उपचारका लागि गाडी भएको स्थानतर्फ बोकेर लैजादै गर्दा शिखर बाटोमै मृत्यु भएको हो । एम्बुलेन्स बोलाउदा बाटोको खराब अवस्था देखाई एम्बुलेन्स आउन आनाकानी गरेको स्थानीयहरुले बताए । एम्बुलेन्स आउन सक्ने अवस्था हुदाँ समेत चालकले नमानेपछि विरामीलाई बोकेर ल्याउँने क्रममा मृत्यु भएको गाउँलेले बताए । तिनीहरु भन्छन्–‘एम्बुलेन्स आएको भए समयमै स्वास्थ्य चौकी पु¥याएर बचाउने सकिन्थ्यो, तर हामीले बचाउँन सकिएन् ।’

रोशी गाउपालिकाका जनताको स्वास्थ्य उपचारमा सहज बनाउन खहरेपागु उपस्वास्थ्य चौकिको सझेदारिमा खरिद भएको एम्बुलेन्स समेत विरामी लिन नमानेपछि स्थानीयहरुले तन्नामा बेरिएर दुईतर्फी बाँसको आट लगाएर बोक्दै शिखरसम्म पुर्याएको थियो ।
रोशी गाउँपालिकामा यो घटना पहिलो पटक नभई सुत्केरी अवस्थामा समेत महिलाहरुलाई कठिनाइ भएको स्थानीयहरुले बताए । पहिलोपटक बनेको शिखर हुँदै मझुवा र भण्डारे बाटो पछिल्लो समयमा बजेट अभाव देखाई मर्मतमा समेत जनप्रतिनिधिले चासो नदिएको मझुवा भण्डारेका स्थानीयहरुले गुनासो गरे ।

