आज एकादशीः टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी

कात्तिक ३, काठमाडाैँ । आज एकादशी, दशैंको टीकाको दोस्रो दिन । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टिकाको दिन मात्र टीका लगाउने चलने छ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।

यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन वर्त बस्ने, फलाहारमात्र सेवन गर्ने चलन रहेको छ ।

विजया दशमीको भोलिपल्ट पर्ने यो दिन कतिपय ठाउँमा दशैंको टीका लगाउने चलन रहँदै आएको छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्र पछि पर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेलाई नाश गर्र्ने एकादशीका रुपमा प्रख्यात छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.