राँगाेलार्इ जाँड-रक्सी खुवाएर लखेट्दै बध गरी मनाइयाे ‘खःमेय’ जात्रा !

कात्तिक २, भक्तपुर । महानवमीको दिन मनाइने भक्तपुरको प्रसिद्ध ‘खःमेय जात्रा’ अर्थात राँगो जात्रा सम्पन्न भएको छ । आज राति सम्पन्न जात्रामा महिषासुर दैत्यको प्रतीकका रुपमा राँगाेकाे बध गरी मनाइएकाे हाे ।

धार्मिक एवम सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रुपमा वध गरी असत्यमाथि सत्यको विजयीका रुपमा मनाइएको हाे । महानवमीको दिन बिहीबार साँझ त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने विश्वासका आधारमा परापूर्वकालदेखि खःमेय जात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ छ । महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा ल्याई बाँधेर राखिएको खःमेय अर्थात राँगोलाई तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीरभरि अबिर दलेर स्थानीय भक्तजनले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै च्याम्हसिंहस्थित ब्रह्मायणी मन्दिरमा पुर्याई देवीलाई चढाएर जात्रा मनाएका हुन ।

स्थानीयवासीले नवदुर्गा देवगृहबाट निकालिएको खःमेयलाई जाँडरक्सी खुवाएर मत्ताई तान्दै र लेखेट्दै खःमेयलाई गछेंस्थित नवदुर्गा देव घरबाट सकोलान, दत्तात्रय, सूर्यमढी र च्याम्हसिंह हंँदै ब्रह्मायणी मन्दिर पु¥याइएका थिए । खःमेय लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर खःमेयसँगसँगै डौड्ने परम्परा छ ।
तान्त्रिक विधिअनुसार ब्रह्मायणीमा खःमेय अर्थात महिषासुर दैत्यको प्रतीक राँगोको बध गरिएको हो । बध गरिएको खःमेय राँगोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो ।

नेवार समुदायमा यो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ ।

खःमेयको वध गरेपछि विजयोत्सवका रुपमा भोलि बिहानैदेखि दिनभरि नै ब्रह्मायणी मन्दिरमा दर्शन र पूजा गर्न हजाराँैको भीड लाग्ने गर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.