नेताहरुकाे दशैँ ः बाबुराम र माधवकाे परिवारसँगै, प्रचण्ड र रामचन्द्रकाे निधार खाली

कात्तिक २, काठमाडाैँ । विजया दशमीकाे पवित्र अवसरमा अाज बिहान ९ः५१ बजेदेखि राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न नेता, मन्त्री र सर्वसाधारणले टीका लगाउने गर्ने क्रम जारी छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने टीका लगाएका छैनन । छोरा प्रकाश दाहाल बितेको वर्षदिन नपुगेकाले उनले टीका नलगाएका हुन । अध्यक्ष प्रचण्डले अाफूले टीका नलगाए पनि शुभचिन्तक तथा नेता-कार्यकर्ताबीच भेटघाट तथा शुभकामना आदान-प्रदान गरेका छन ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो वर्ष टीका लगाएनन । पाैडेलका जेठा ज्वाइँ बितेकाले यस दशैँमा टीका नलगाएका हुन ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भने अाफ्नै निजी निवास बुढानिलकण्ठमा दशैँ मनाएका छन । उनले अाफ्ना नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिँदै शुभ-कामना अादानप्रदान समेत गरेका छन ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयाेजक डा। बाबुराम भट्टराईले पनि अाफ्ना पिता भोजप्रसाद भट्टराईको हातबाट दशैंको टीका र अाशीर्वाद ग्रहण गरेका छन । भट्टराईले बिहान शुभ-साइतमै टीका लगाएका हुन ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि काठमाडौँमै परिवारजनबीच दशैँ मनाएका छन । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट तथा शुभकामना आदान-प्रदान गर्दै अाफन्त तथा शुभचिन्तकलारि टीका समेत लगाइदिएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.