कात्तिक २, काठमाडौं । यसनेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ ।
सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो ।
२०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलानिसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ ः ०५ मा अवतरण गरेको थियो ।
२०७५ कात्तिक २ गते चोङकिङबाट हिमालयएयरलाइन्सको जहाजले स्थानीय समय रातको १२ ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ ः ५५ मा अवतरण गरेको थियो ।
‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो हामी एक पाइला अगाडि सर्न पाउँदा एकदमै हर्षित छौं यो उडानको सुरुवातसँगै हामीले ‘विजनेश ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं’ एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने।
बेइजिङ, हाएकाउ, नान्चाङ मा पनि उडान विस्तार गर्ने एयरलाइन्सले लक्ष्य लिएको छ।
नेपाली एयरलाइन्सले चिनियाँ भुमीमा उडान अनुमति पाउन सकेका थिएनन्। नेपाल एयरलाइन्सले लामो समयदेखि उडान अनुमति मागे पनि पाउन सकेको छैन।
नेपाल(चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्।
चीनले बेइजिङमा ‘स्लट’ छैन भनेर नेपाल एयरलाइन्सलाई पन्छाएको थियो भने ग्वान्जाउमा पनि अहिलेसम्म दिएको छैन।
चिनियाँ एयरलाइन्सले भने अहिले विभिन्न विमानस्थलबाट काठमाडौंका लागि सातामा ४८ उडान गरिरहेका छन्। सम्झौताअनुसार सातामा ७० वटासम्म उडान गर्न पाइन्छ। तर नेपाली एयरलाइन्सले भने अहिलेसम्म एउटा उडानको पनि अनुमति पाएका छैनन्।
तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सले सम्झौता बाहिरकै सहरमा भएपनि चिनियाँ पक्षले उडान अनुमति दिएको छ।री पकाउनहोस ‘चिकेन अफ्रिटाडा’

