पाल्चोकी माई मन्दिरमा महानवमीको दिन ठुलो पुजा

प्रारम्भ संवाददाता

कात्तिक २,पाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ पाल्चोक स्थित पाल्चोकी माई मन्दिरमा महानवमीको दिन पुजा तथा मन्दिरको दर्शन गर्न ठुलो भिड गर्दछ ।

हेलम्बु गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको उक्त मन्दिरमा दैनिक दर्शनार्थी तथा भक्तजनहरुको भिड लाग्नेगरेपनि हरेक बर्ष महानवमीको दिन उक्त मन्दिरमा ठूलो पुजा हुने गर्दछ । उक्त मन्दिरको पुजा तथा दर्शन गर्नाले ठुलो सङ्कत तथा दुर्घटना बाट बच्ने र मनमा शान्ति मिल्ने धर्मिक बिश्वास रहेको छ । मन्दिरमा बोका,कुखुरा तथा राँगाको बलि पनि चडाइन्छ ।

धर्मिक दृष्टिकोणले प्रसिद्ध उक्त मन्दिरमा विभिन्न जिल्लाका मानिसहरु पुजा तथा दर्शन गर्न आउने गर्दछ । विशेष गरि तामाङ, नेवार ,गिरि तथा खड्काहरुको बसोबास क्षेत्रमा रहेको मन्दिरको संरक्षण सबै मिलेर गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.