दशैँका तीन दिन उपत्यकाभित्र यी रुटमा चल्दै छन् प्रहरीका नि:शुल्क बस

कार्तिक १, काठमाडौं । सार्वजनिक यातायातकाे अभाव पूर्ति गर्न नेपाल प्रहरीले काठमाडाैँ उपत्यकाभित्र निशुल्क बस सञ्चालन गरेकाे छ । अाजबाट टीकाकाे दिनसम्म तीन दिन चल्ने बसमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणले निःशुल्क यात्रा गर्न पाउनेछन ।

नेपाल प्रहरीले जनाए अनुसार निःशुल्क बस ३ वटा रुटमा नियमित चल्नेछन । प्रहरीले अष्टमी, नवमी र दशमीसम्म राजधानीका मुख्य तीन रुटमा परिक्रमा गर्नेगरी बस सञ्चालनमा ल्याइएकाे प्रहरीले जनाएकाे छ ।

यी हुन निःशुल्क बस चल्ने रुट

रुट नं- १ ः नक्सालबाट सुरु भरि पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट रत्नपार्क हुँदै दरबारमार्गबाट पुनः नक्सालसम्म ।

रुट नं- २ ः नक्सालबाट सुरु भरि मैतिदेवी, गौशाला, कोटेश्वर तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै बालुवाटारबाट पुनः नक्सालसम्म ।

रुट नं- ३ ः नक्सालबाट सुरु भरि जयनेपाल सिने हल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, गौशला हुँदै रातोपुलबाट पुनः नक्सालसम्म ।

सशस्त्रकाे पनि निःशुल्क बस
यसैगरी सशस्त्र प्रहरी बल नेपालले पनि दशैंको बिदामा काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गर्दै छ । चारवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन हुने सशस्त्र प्रहरी बलले जनाएकाे छ ।

निःशुल्क बस एउटा रुटमा कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सूर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ । अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारी हुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्ने जनाइएकाे छ ।
यसैगरी तेस्राे रुटमा स्वयम्भु हल्चोकबाट छुटेर कलंकी हुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चाबहिल, सामाखुशी, बालाजु हुँदै चक्रपथ परिक्रमा गर्ने र चाैथाे रुटमा स्वयम्भु हल्चोकबाट छुटेर बालाजु हुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्ने सशस्त्र प्रहरीले जनाएकाे छ ।

साे रुटमा चल्ने निःशुल्क बस सेवा काठमाडौं उपत्यकाभित्र बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने जनाइएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.