नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि २२ अफर उपलब्ध

असोज ३०, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ ।

आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ ।

जिएसएम थ्रिजी÷फोरजी एक जीवी प्रतिदिन डाटा प्याक, अलटाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियुजी प्याकेज, भिडियो र टिभी प्रतिघण्टा प्याक, एसएमएस प्याक, एफटिटिएच व्यक्तिगत प्याकेज, एफटिटिएच व्यक्तिगत प्याकेज, एडिएसएल भोलुम प्याक, एडिएसएल अनलिमिटेड प्याक, एक घन्टा अनलिमिटेड प्याक, विद्यार्थी अफर, इन्डिया कल अफर, मिस्डकल अलर्ट र एफटिटिएचमा निःशुल्क भ्वाइसअफर उपलब्ध गराएको हो । यी अफर प्राप्त गर्न १४१५ मा डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । उक्त अफर आगामी पुस २८ गतेसम्म लिन सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यको भनाइ छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.