दशैको सातौं दिनः आज फूलपाती भित्र्याइँँदै

असोज ३०, काठमाडौं । नवरात्रको सातौँ दिन मूलघरको घटस्थापना गरिएको स्थानमा मङ्गलबार फूलपाती भित्र्याइँँदै छ । दारिम, बेलको पात, उखुको वोट, केराको पात, अदुवाको बोट र मौसमी फूलका गुच्छालाई एकैसाथ फूलपातीका रूपमा भित्र्याइने गरिन्छ ।

गोरखाबाट मगर समुदायका व्यक्तिले बोकी ल्याएको फूलपातीसहित यो टोली काठमाडौँको जमल आउने छ । सोमबार छत्रे देउरालीमा रात बसेपछि मङ्गलबार जमलमा हनुमानढोका दरवारबाट खटिएका मङ्गलिनी समूहले मङ्गलगीत र मालश्री राग गाउँदै दरबारको नासलचोकमा फूलपाती ल्याएपछि फूलपातीको अर्चना गरेर दशैँघर भित्र्याइन्छ ।  नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँको तयारी गरेको छ । यसैगरी नुवाकोट कडेल्चोक भगवती स्थानमा फूलपाती भित्र्याउन पुरानो गुह्येश्वरीमा आवश्यक व्यवस्थापन गरिएको छ । पुजारी बैकुण्ठमान राजलवटका अनुसार मङ्गलबार धोविचौरमा फूलपाती पर्सिएपछि सेनाको टुकडीका साथ ल्याइएको फूलपाती हनुमानढोका दरबारस्थित यी भगवती समक्ष राखिने छ । बडादशैँको टीका जमरा हनुमानढोकाको दशैँघर र कडेल्चोक भगवतीबाट सर्वसाधारणले लिन पाउने छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.