असोज २८, सुर्खेत । ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने पक्राउ परेका छ्न ।
उनीहरुलाई सुर्खेत जिल्ला पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिँदै गरेको अबस्थामा अख्तियारको टोलिले रङ्गेहात पक्राउ गरेको हो । सुन चादी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरि छोडिदिने सर्तमा सेवाग्राही बाट नगत १५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
पक्राउ परेका दुबैलाई थप अनुसन्धान भैरहेको अख्तियरले जनाएको छ ।

