कात्तिकमा प्याराग्लाइडिङ विश्वकप हुने

असोज २८, काठमाडौं । प्याराग्लाइडिङ विश्वकप स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा कात्तिक १५ देखि हुुने भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एडभेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप हुने भएको हो ।

ईन्डोनेसियामा सम्पन्न १८ औं एशियन गेममा नेपालको लागि एकमात्र रजत पदक दिलाउन सफल खेल प्याराग्लाइडिङको पहिलो पटक पहिलो नेपाल प्याराग्लाईडिङ एक्युरेसी विश्वकप २०१८ आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए । पहिलो पटक नेपालमा हुुन लागेको विश्वकपमा १६ देशका खेलाडी सहभागी हुने भएका छन् । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र ईरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए । प्रतियोगिताका विजयी टिमतर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्नेछन् ।

व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्नेछन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने संयोजक राउतले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.