विद्यार्थीको चौतर्फी विकासमा अभिभावक र शिक्षकको उत्तिकै भूमिका

असोज २७, काठमाडौं । काठमाडौंको मुलपानीमा रहेको श्रीयन्त्र एजुकेशन फाउन्डेशन स्कूलले व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागीतामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

दशैै, तिहार, छठ तथा नेपाल सम्बत् लगायत पर्वको अवसर पारी आयोजित उक्त कार्यक्रममा विद्यालयको व्यवस्थापनमा सुधार गर्न कुनै पनि कसूर नराख्ने समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । विद्यालयको शैक्षिक अवस्थालाई सन्तुलित वातावरण कायम राख्न सफल रहेको दावी गर्दै विद्यार्थीको शैक्षिक गुणस्तरमा अझ थप परिमार्जन गर्दै जाने बताए ।

त्यस्तै शुभकामान कार्यक्रममा विद्यालयका प्रिन्सिपल अरुण पौडेलले लामो विदाको समयमा विद्यार्थीलाई कितावी ज्ञानसंगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने र अभिभावकले सर्थकता अपनाएर विकृतितर्फ नलाग्न ध्यान पु¥याउनु पर्ने बताए । उनले विद्यार्थीहरुको अध्ययनलाई प्रयोगात्मक बनाउन सम्पूर्ण शिक्षकहरु क्रियशिल रहेको बताउँदै विद्यार्थीको क्षमताको चौतर्फी विकास गर्न अभिभावक र शिक्षक दुवैले महत्वपूर्ण जिम्मेवारी लिनुपर्न बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापनका समिति, सञ्चालक, शिक्षक, शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुको सहभागी रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.