रोजर फेडेरर सांघाई मास्टर्स टेनिसको सेमिफाइलनमा प्रवेश

असोज २७, काठमाडौं । साविक विजेता रोजर फेडेरर चीनमा जारी सांघाई मास्टर्स टेनिसको सेमिफाइलनमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनलमा जापानी खेलाडी की निसीकोरीलाई दुई सेटमा हराउँदै फेडररले अन्तिम चारमा स्थान बनाएका हुन् । ३७ वर्षीय फेडररले विश्व वरियतामा १२ औं स्थानमा रहेका निसीकोरीलाई ६–४ र ७–६ को सेटमा पराजित गरे ।

गतवर्ष सांघाई मास्टर्सको उपाधि जितेपछि पहिलो प्रतियोगिता जित्ने लक्ष्यमा रहेका फेडररले सेमिफाइनलमा १९ औं वरियताका क्रोएसियाका बोर्ना कोरिससँग खेल्नेछन । कोरिसले नोभाक जोकोभिचलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.