बालुवाटारमा नेकपा को सचिवालय बैठक बस्दै

असोज २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । नेताको व्यस्तता देखाएर स्थगित भएको बैठक आज बोलाइएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद, जिम्मेवारी विभाजनमा माधवकमाुर नेपालको लिखित असन्तुष्टि, वामदेव गौतमका लागि गर्ने भनिएको उपनिर्वाचनका विषयमा छलफल हुनेछ ।

नेता नेपालले प्रदेशको जिम्मेवारी विभाजनका विषयमा लिखित असन्तुष्टि राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बैठक बिहान बालुवाटारमा बोलाइएको जानकारी दिए ।

सचिवालय बैठकमा तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्ने एजेण्डा अघि सारिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.