बडादसैँ टीकाको शुभ साइत ९ बजेर ५१ मिनेटमा

असोज २७, काठमाडौं। बडादसैँको टीकाको शुभ साइत आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ ।

समितिका अनुसार असोज ३० गते फूलपातीका दिनमा विहान ९ बजेर २१ मिनेटमा तुलनाभवानी यात्रा र विहान १० बजेर २ मिनेटमा स्थिरासनको साइत रहेको छ । कात्तिक ६ गते अखिलबलिपूर्ति र बुधबार कोजाग्रत ब्रत रहेको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.