‘बाथ रोगको उपचारका लागि विदेश जानु पर्दैन’

असोज २६, काठमाडौं । नेसनल बाथ रोग सेन्टरले विगत ६ वर्षदेखि बाथरोगविरुद्ध जागरण अभियान गरी विश्व बाथरोग दिवस मनाएको छ। विगतका वर्ष झैँ यस वर्ष पनि सेन्टरले जनमानसमा जनचेतानको अभिवृद्धि होस भन्ने उद्देश्यका साथ बाथ रोगविरुद्ध अभियान सुरु गरेको हो।

अभियानमा बोल्दैँ नेसनल बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमै बाथ रोगको उपचारको लागि प्रविधि र प्राविधिकहरु भएकाले बाथको उपचारको लागि विदेश जान नपर्ने बताए। उनले सुरुवाति अवस्थामा सहि ढगंले बाथको उपचार गरेमा समयमै रोग नियन्त्रण हुने बताए। उनले भने ‘बाथरोगको उपचार अलि खर्चिलो भएपनि नियमित रुपमा औषधिको सेवन गरेमा र स्वास्थ्य परिक्षण गराएमा मासिक रुपमा बाथको उपचारमा लाग्ने खर्च कम हुन्छ, बाथरोगको औषधि नियमित रुपमा सेवन नगरेको खण्डमा बिरामीलाई आर्थिक भार पर्न सक्छ।’ सरकारले बाथ रोगको उपचारमा प्रयोग हुने प्रविधिहरुमा कर छुट दिने हो भने बिरामीलाई पर्ने आर्थिक भार कम हुने कक्षपतिले बताए।

बाथ रोग के हो ?
बाथ रोग विशेषज्ञ डा विनित वैद्यका अनुसार बाथ रोग एक प्रकारको दीर्घ रोग हो। यो शरिरको रोग निरोधक शक्तिले आफ्नै शरीरका विभिन्न अङ तथा जोर्निहरुलाई असर गरेपछि देखा पर्ने समस्या हो। बाथरोगका दीर्घकालिन असरहरु मानव शरिरमा निकै नकारात्मक हुन्छन्। बाथको कारणले हात खुट्टाका औँलाहरु बाङ्ीने तथा कुप्रो पर्ने हुन सक्छ। यति मात्र नभई बाथले छालामा निको नहुने घाउ, शरीरमा सेतो रगतको कमी र आँखाको समस्या गराउदछ। कहिले काँहि बाथले बारम्बार गर्भ खेर जाने समस्या पनि निम्त्याउन सक्छ।–स्वास्थ्यखबर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.