अभिनेता अनुपबिक्रम शाहीद्वारा सिभिल मलको ‘न्यू आउट लेट’ को उद्घाटन

असोज २६, काठमाडौं । बजार बिस्तार गर्दै अघि बढेको क्लोथ्स ब्राण्ड ‘क्याप्सूल नाइन’ ले राजधानीको मुख्य बिजनेस केन्द्र मानिने सिभिल मलमा आफ्नो शाखा विस्तार गरेको छ । ब्राण्ड एम्वेस्डर अभिनेता अनुपबिक्रम शाहीले रिवन काटेर सिभिल मलको ‘न्यू आउट लेट’ को उद्घाटन गरे ।

सिभिल मलको तेश्रो तल्लामा खुलेको उक्त आउट लेटमा क्याप्सूल नाइन ब्राण्डसँग सम्बन्धित सबैजसो लुगाहरु उपलब्ध हुनेछन् । उद्घाटनपछि अनुपले भारत र चीनबाट समेत प्रोडक्ट हुने प्रसिद्ध नेपाली ब्राण्डसँग आफु जोडिन पाउनु खुशीको कुरा रहेको बताए । अन्तर्राष्ट्रिय स्तरसम्म मार्केट बढाउँदै लगेका नेपाली प्रोडक्टहरुमा कलाकारहरुलाई स्थान दिँदै जानु (सद्भावना दुत) नियुक्त गर्नु समग्र चलचित्र उद्योगको लागी सुखद कुरा भन्दै अनुपले स्वदेशी ब्राण्डमा स्वदेशी कलाकारहरु नै जोडिन पाउनु गर्वको कुरा भएको बताए । ‘क्याप्सूल नाइन’ ले आफ्नो ७५ औँ आउटलेटको रुपमा सिभिल मलमा बजार बिस्तार गरेको हो । ब्राण्डका प्रवन्ध निर्देशक विनोद ढकालले राजधानीकै प्राइम लोकेशन मानिने सिभिल मलमा शाखा विस्तार गर्न पाउनु आफुहरुको उपलब्धी बनेको दाबी गरे ।

निर्देशक ढकालले नेपालसँगै अब छिट्टै नै भारतका विभिन्न शहरहरुमा ‘क्याप्सूल नाइन’ ले आफ्नो बजार बिस्तार गर्न लागेको जानकारी गराउँदै अन्य एशियन देशहरुमा समेत तयारी भइरहेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.