जोर्डनमा एक कामदारले गरिन आत्महत्या

असोज २६, काठमाडौं । बैदेशिक रोजगारमा रहेकी एक कामदारले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी छिन् ।

सिन्धुपाल्चोक जिल्ला घर भएकी सरु थापा २ वर्षअघिदेखि जोर्डनको इर्बिक सहरमा क्लासिक फेसन कम्पनिमा काम गर्दै आएकी थिइन् । आत्महत्या हुनुको कारण खुल्न आएको छैन् । उनी एक महिना अघि मात्र नेपालमामा आएर आफ्नो टाउँकोको अप्रेशन गरेर फर्किएकी त्यहाँ स्थित उनीसंगै कम्पनिमा काम गर्ने एक नेपाली कामदारले बताईन् ।

२ वर्ष अघि काठमाडौंको कमलपोरी स्थित एस.सि.सि मेनपावारबाट रोजगारका लागि उक्त कम्पनिमा गएकी थिईन् । घटनाको बारेमा थप अनुसन्धानका लागि जोर्डन प्रहरीले सम्पूर्ण कागजात लिएको उक्त कम्पनीमा कार्यरत एक नेपालीले बताईन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.