सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि अभाव

असोज २६, कैलाली । कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि अभाव भएको छ । फार्मेसीले उपलब्ध गराउँदै आएको ४ सय ८५ औषधिमध्ये २ सय ८५ प्रकारका औषधिको अभाव भएको हो ।

फार्मेसीमा औषधि अभाव हुँदा बिरामीहरु निजी मेडीकलबाट महँगोमा औषधि खरिद गर्न बाध्य भएका छन् ।सेती अञ्चल अस्पतालका फार्मेसी इञ्चार्ज भरत कुँवरले चालु आर्थिक वर्ष शुरु भएदेखि औषधि खरिद हुन नसक्दा अभाव भएको बताए । उनले फार्मेसीमा भएको २ सय प्रकारको औषधि पनि पर्याप्त नभएको बताउँदै औषधि किन्न आउने दैनिक २ सय ग्राहकलाई फर्काउनु परेको बताए । औषधि अभावले फार्मेसी सुनसान हुँदा अञ्चल अस्पताल परिसर बाहिर रहेका मेडिकहरुमा भने औषधी किन्नेको भीड लाग्ने गरेको छ ।

निमोनियाले ग्रस्त आफ्ना छोराको उपचार गराइरहेका कञ्चनपुर पुनर्वासका महेशचन्द्र अधिकारीले सामान्य सिरिन्ज पनि फार्मेसीमा नपाएको बताए । उनले डाक्टरले लेखेको कुनै पनि औषधी फार्मेसीमा नपाइएको गुनासो गरे । त्यस्तै टाउको र पेटमा समस्या भएपछि अञ्चल अस्पताल भर्ना भएका धनगढी उपमहानगरपालिका–१, शिवनगरका नन्दराज जोशीले पनि डाक्टरले लेखेको कुनै पनि औषधि आफूले अञ्चल अस्पतालको फार्मेसीबाट नपाएको गुनासो गरे ।

दुई दिनयता डाक्टरले ३ पटक लेखेको ५ प्रकारको औषधिमध्ये फार्मेसीबाट एउटा पनि औषधि नपाएको बताउँदै जोशीले फार्मेसीमा सस्तोमा औषधि पाइन्छ भन्ने सुनेको तर नपाउँदा निजीमा महँगोमा औषधि किन्न बाध्य भएको बताए । अस्पताल प्रसासनले औषधि खरीदका लागि टेन्डर समयमा नगर्दा फार्मेसीमा औषधि अभाव भएको हो । औषधि अभावका कारण हजारौं मान्छे प्रभावित भएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.