असोज २४, रौतहट । पर्सामा स्वचालित पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा, पर्टेर्वासुगौलि गाउँपालिका–१ का २५ वर्षीय मनोज पासवान रहेका छन् ।
चाडपर्वलाई लक्षित गरी यस कार्यालयको विशेष सुरक्षा योजना अनुसार चेकजाँच गर्दा पासवानको साथबाट अमेरिकामा निर्मीत एकथान स्वचालित पेस्तोल र एकथान खाली म्यागजीन बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पासवानमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

