रसिया लगेर काम लगाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

असोज २४, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै ठगी गर्ने तीनजनालाई आज पक्राउ गरेको छ ।

रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका आधारमा ब्यूरोले तीन जनालाई पक्राउ गरेको हो ।

हालसम्म ३९ पीडितबाट रु ४५ लाख ११ हजार बढी रकम लिएको उजुरी प्राप्त भएको र थप जाहेरी आउने क्रम जारी रहेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोटका राजु तामाङ, ललितपुरका ज्ञानगोविन्द वैध र सिन्धुपाल्चोकका जगतबहादुर श्रेष्ठ छन । उनीहरुले ४०–४५ व्यक्तिसँग रकम र राहदानी सङ्कलन गरिसकेको खुल्न आएको छ । उनीहरुविरुद्ध आजै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.