असोज २३, कास्की । अष्ट्रियाका नागरिक ३३ वर्षीय डोमिनिक एडरलाई पोखरा महानगरपालिका–६ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरि एडर पोखरा महानगरपालिका–६ खहरे बस्ने तनहुँका ३४ बर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार एडरलेसेदी खहरे जाने क्रममा सेदीको पुलमा श्रेष्ठलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते श्रेष्ठको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

