कलाकार संघका अध्यक्ष बोगटीको दुर्घटनामा परी निधन

असोज २३, काठमाडौं। चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको दुर्घटनामा परी निधन भएको छ ।

उनको आफ्नै घर टीकाथलीमा निधन भएको हो । रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याउने क्रममा उनको निधन भएको जनाइएको छ । ५८ बर्षीय बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले बोगटीको निधन भएको बताएकी छन् । अहिले उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.