नेपालगन्जलाई ‘बेस्ट डेब्यु ग्रिन होटल’ अवार्ड

असोज २३, काठमाडौं । प्रमुख पाँचतारे होटल सोल्टीको नेपालगन्जस्थित भगिनी होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्ज’ ले ‘बेस्ट डेब्यु ग्रिन होटल’ अवार्ड प्राप्त गरेको छ ।

भारतको नयाँदिल्लीमा आयोजित ‘१४औं हस्पिटालिटी इन्डिया एन्ड एक्सप्लोर द वर्ल्ड एनुअल इन्टरनेसनल ट्राभल अवार्डस्’ मा सोल्टी वेस्टेन्डले उक्त अवार्ड पाएको हो । भारतका पर्यटनमन्त्री केजे अल्फोन्ज र सामाजिक न्याय तथा सशक्तीकरण मन्त्री रामदास अथवालेले सोल्टी वेस्टेन्डका अध्यक्ष दिनेशबहादुर विष्टलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि उपस्थित थिए ।

झन्डै ६० वर्षदेखि धेरै पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक ल्याइरहेको राजधानीको सोल्टीमोडस्थित पाँचतारे सोल्टीको वेस्टेन्ड प्रिमियर वातावरणमैत्री तथा अमेरिकी ग्रिन बिल्डिङ काउन्सिलबाट प्रमाणित नेपालकै पहिलो ‘लिड’ (लिडरसिप इन इनर्जी एनड इन्भाइरोमेन्ट डिजाइन) सिल्भर क्याटागोरीमा पर्ने होटल हो । सोल्टी वेस्टेन्डका अनुसार होटलले विद्युत्, तापक्रम, पानी र फोहोर वातावरणमैत्री हिसाबले व्यवस्थापन गरिरहेको छ । होटल वरिपरि ठूलो संख्यामा रुखबिरुवा लगाइएका कारण कार्बन उत्सर्जन घटाउन उल्लेख्य सहयोग पुगेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.