मानव अङ्गसहित पक्राउ परेका दम्पतीले २० महिलाको हत्या स्वीकारे

असोज २३, काठमाडौं । मेक्सिकोमा बच्चालाई गुडाउने प्राममा मानव अङ्गसहित पक्राउ परेका दम्पतीले २० जना महिलाको हत्या गरेको स्वीकारेका छन्।

उनीहरूलाई गत हप्ता बिहीवार पक्राउ गरिएको थियो।हराइरहेकी एक महिला र तिनको बच्चाको खोजबिन गर्ने सन्दर्भमा ती दम्पतीसँग भएको प्रामको खनतलासी गर्दा प्रहरीहरूले मानव अङ्ग भेट्टाएका थिए। पक्राउ परेका पुरुषले केही महिलाको बलात्कार पनि गरेको अनि तिनका हड्डी बेचिदिएको बताएका छन्।

कहाँ कहाँ भेटिए मानव अङ्ग?

अनुसन्धानकर्ताहरूले उक्त दम्पतीको कोठा तथा नजिकैको अर्को स्थानमा कैयौँ मानव अङ्ग भेटेका छन्। सिमेन्ट राखिएका बाल्टिनहरू तथा फ्रिजभित्र ती अङ्ग पाइएका छन्।अभियोजनकर्ताहरूले ती दम्पतीले मानव अङ्ग बेचेको बताएका छन्। तर कसलाई बेचेको भन्ने प्रस्ट छैन।

छिमेकीहरूले ती दम्पतीलाई जहिले देखे पनि प्राम गुडाइरहेको देखेको बताए। तिनै प्राममा पनि मानव अङ्ग भेटिएको थियो।
सेप्टेम्बरमा एक २८ वर्षीया महिला न्यान्सी र उनकी दुईमहिने शिशु भ्यालेन्टिना हराएपछि प्रहरीले ती दम्पतीलाई रोकेर सोधपुछ गरेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.