दुर्लभ सेतो बाघको आक्रमणमा एकजना कर्मचारीको मृत्यु

असोज २३, काठमाडौं । जापानको एउटा वन्यजन्तु उद्यानमा राखिएको दुर्लभ सेतो बाघको आक्रमणमा परेर एकजना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

गर्धनबाट रगत बगिरहेको अवस्थामा ती व्यक्तिलाई बाघको खोरमा भेटिएको थियो। अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषित गरियो। सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार उनलाई सो उद्यानमा भएका चारमध्ये एउटा सेतो बाघले आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।

उद्धारकर्मी र प्रहरी आउनुभन्दा अघि नै त्यो बाघलाई औषधि दिएर लट्ठ्याइएको थियो।सो घटना दक्षिणी जापानको कागोशिमास्थित हिराकावा वन्यजन्तु उद्यानमा सोमवार अपराह्ण भएको हो। जापानी समाचार संस्था क्योदोका अनुसार अहिले प्रहरीले सो उद्यानले सेता बाघको रेखदेख कसरी गर्छ भन्नेबारे अनुसन्धान थालेको छ। बिबिसि

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.